बिहिबार, बैशाख १३, २०८१

अवैध भौतिक संरचनामा डोजर चलाउँदै महानगर

काठमाडौ भाद्र १०,

काठमाडौँ महानगरले महानगरभित्र नक्सा पासविपरीत निर्माण भएका अवैध र नक्साअनुरुप निर्माण भए पनि प्रस्तवित लक्ष्य अनुरुप प्रयोग नगरिएका संरचना हटाउन अभियान थालेको छ ।

यसतुत अभियानअन्तर्गत महानगरले बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैध संरचना, काठमाडौँ मलका अवैध संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइएको छ ।
त्यस्तै दरबारमार्गमा रहेका अवैध संरचना पनि तत्काल हटाउन काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले निर्देशन दिदै संरचना हटाउन अत्तेर गरे ती संरचनामा डोजर चलाउन महानगर पछि नपर्ने जनाउ दिनुभएको छ।

त्यस्तै महानगरसभत्र महानगरको ३२सै वडामा निर्माण भएका यस्ता संरचना हटाइने जानकारी दिदै संरचना निर्माणका सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजातअनुरुप गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अपनाइने भएsf]छ ।

यसअघि महानगरले यी यस्ता अवैध संरचना भत्काउन वा निर्माण गरिएअनुसार प्रयोग गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । तर जारी सार्वजनिक सूचनाको बेवास्ता गर्नेक्रम बढेसंगै अवैध संरचना हटाउने अधियान थालेको हो ।