बिहिबार, बैशाख १३, २०८१

काठमाडौंमा डेंगु विरामीको सख्या ह्वात्तै बढ्यो , पाल टाँगेर उपचार गरिदै

काठमाडौं भाद्र १०,

पछिल्लो समय काठमाडौं उपत्यकामा डेंगुका विरामीको सख्या ह्वात्तै बढेको छ । काठमाडौंस्थित टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायत महानगर वडा न १७ स्थित छत्रपाटी अस्पतालमा उपचारका लागि डेंगुका विरामीको सख्या दिनानुदिन बढेसंगै छत्रपाटी अस्पताल प्रशासनले विरामीको उपचारको लागि अस्पताल परिसरमा पाल टाँगेर उपचारको व्यवस्थापन गरेका छन । अस्पतालमा विरमीको चाप बढेसंगै अस्पताल आएका विरामीलाइ थप समस्या नहोस भन्ने लक्ष्य सहित अस्पताल परिसरमा नै राखेर भएपनि उपचारको व्यवस्थापन मिलाइएको प्रशासनले जनाएको छ।

त्यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि उपचारका लागि आउने विरामीको सख्या निकै रहेको र यसमध्ये उपचार गराएर फर्कनेको संख्या पनि त्यहि अनुपातमा रहेको बुझिएको छ।

यसअघि तराईका जिल्लाहरुमा फैलिने गरेको डेगुको प्रकोपले विगत केहि वर्ष यतादेखि काठमाडौंलाइ समेत प्रभावित बनाउँदै आएको पाइन्छ ।
सम्वद्ध विज्ञका अनुसार विशेषगरी सेप्टेम्बरबाट सुरु हुने डेंगुको प्रकोप नोभेम्बरसम्म रहने भएका कारण यसवीचमा आवश्यक सर्तकता अपनाउँन सकिएन  भने डेंगुको चपेटामा परिने छत्रपाटी अस्पताल प्रशासनले जनाएको छ।

के हो डेंगु रु कसरी सर्छ?  एडिज एजिपटाई नामक लामखुट्टेको टोकाईका कारण डेंगु सर्छ । यो लामखुट्टेले टोकाईबाट डेंगुबाहेक चिकनगुनिया, जिका लगायतका संक्रमण हुने गर्छ । यस्ता लामखुट्टे जम्मा भएको पानीमा अण्डा पार्छ । र त्यहीबाट निस्केको लामखुट्टेले टोकेमा मानिसलाई डेंगु सर्ने गर्छ । डेंगु एक व्यक्तिबाट अर्का व्यक्तिमा सजलै सर्ने हुँदा विशेष सजगता अपनाउन जरुरी छ ।

डेंगुको लक्षण : 

  • २ देखि ७ दिन सम्म धेरै ज्वरो आउने
  • आखाको गेडी, जोर्नी तथा ढाड दुख्ने
  • जीउ गल्ने
  • टाउको दुख्ने
  • विमिरा आउने
  • निरन्तर टाउको ,जीउ दुख्ने, रुघाखोकी लाग्ने, ब्लडप्रेसर कम हुदै जानु पनि डेंगुका लक्षण भएको चिकित्सकहरुले जनाएके छ।

 डेंगुबाट बच्ने उपाय  र ध्यान दिनु पर्ने  पक्ष : 

  • डेंगु लामुखट्टेबाट सर्न रोग भएकोल लामखुट्टेबाट टाढा रहने
  • दिउँसोको समयमा यो लामखुट्टेले टोक्ने हुदाँ पुरा बाहुला भएको लुगा लगाउने
  • शरीर ढाक्ने लुगा लगाउने
  • ओडोमस, झलको प्रयोग गर्ने
  • घर वरिपरि पानी जम्न नदिने
  • सकेसम्म प्लाष्टिकका भाडाहरुको प्रयोग नगर्ने । यस्ता भाडामा लामखुट्टे वृद्धि हुन संम्भावना बढी रहन्छ ।
  •  डेंगु लागेको व्यक्तिलाई धेरै ज्वरो आएमा तुरुन्तै चेकजाँच गर्नु पर्छ । समयमै यसको उपचार नभए मानिसको मृत्यु समेत हुनसक्ने भएका कारण सचेत हरनु पर्ने विज्ञहरको भनाइ रहेको छ।