शुक्रबार, बैशाख ७, २०८१

जनकपुर गुठी तहसिलका प्रमुख बास्ताकोटीसहित ४ जनाविरुद्ध २९ करोड ८० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं भाद्र ९,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटीसहित ४ जनाविरुद्ध २९ करोड ८० लाख बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गर्नु भएको विज्ञप्तिमा गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख बास्ताकोटीसहित नायब सुब्बा यमुनाप्रसाद पञ्जियार, सहयोगीका रुपमा खटिएका कुमार खड्ग विक्रम शाह र मालपोत कार्यालय, धनुषाका तत्कालीन खरिदार जगदेव कामती विरुद्ध मुद्दा दायर गरेको हो।

त्यस्तै विज्ञप्तिमा मुद्धा दायर गरिएका चार अभियुक्त विरुद्ध २९ करोड ८० लाख ८१ हजार ४३७ रुपियाँ बिगो कायम गर्दै विशेष अदालत, काठमाडौंमा बिहीबार मुद्दा दायर भएको उल्लेख गर्दै आयोगले अभियृक्तहरुले धनुषाको रत्नसागर मन्दिरको जग्गा गैरकानूनी रुपमा व्यक्ति विशेषको नाममा दर्ता कायम, नापनक्सा, हालसाविक गर्ने गराउने गरी पत्राचार गर्ने, निर्णय गर्नको लागि गलत राय सहित टिप्पणी पेश गर्ने तथा स्वीकृत दिने समेतका गैरकानूनी क्रियाकलाप गरेको आरोपमा विशेष अदालतमा अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार ऐन अनुसार जरिवाना र कैद सजायको माग सहित मुद्दा दायर गरेको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2022
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031