शुक्रबार, चैत्र १६, २०८०

सत्ता गठबन्धन बैठक : कार्यदललाई सबै निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन

[फाइल फोटो]

काठमाडौं भाद्र ९

आसन्न् संघ र प्रदेश निर्वाचनमा सत्ता गठबन्धन दलका शीर्ष नेतृत्वको आज बसेको बैठकले सिट बाँडफाँटको टुङ्गो लगाउन गठित कार्यदललाई सबै निर्वाचन क्षेत्रको विस्तृत तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोे बैठकले आजै अपराह्न ४ बजे बस्ने बैठकमा एक सय ६५ निर्वाचन क्षेत्रको तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको हो ।

कार्यदलले प्रतिवेदन बुझाएसंगै गठबन्धनका शीर्षनेताको बैठक आजै पुनः बस्दै थप नितिगत निर्णय गरेको बुझिएको छ।

त्यस्तै सत्ता गठबन्धन आबद्ध दलका लागि सिट बाँडफाँटको प्रारुप तयार गर्न गठित कार्यदलका संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन तयार गरी गठबन्धन बैठकमा पेश गर्ने जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राजमोका सांसद दुर्गा पौडेल सहभागी रहेको थियो ।