शनिबार, बैशाख ८, २०८१

राजधानीमा औषधिका थोक व्यवसायी संघको राष्ट्रिय महाधिवेशनको शुभारम्भ हुँदै

काठमाडौं भाद्र ३ ,
औषधिका थोक व्यवसायीहरुको साझा संस्था नेपाल औषधि थोक व्यवसायी संघको आज राष्ट्रिय महाधिवेशन अन्र्तगत राजधानीस्थित होटल प्यगोडामा केन्द्रीय साधारण सभा हुँदैछ।  दुई दिनसम्म चल्ने प्रस्तुत साधारणसभाले आगामी ३ वर्षका लागि नयाँँ केन्द्रीय नेतृत्व समेत चयन गर्ने संघका महासचिव गणेश नेपालले जानकारी दिनुभएको छ ।

त्यस्तै सघ स्थापनाको छोटो अवधिमानै सातै प्रदेशमा प्रादेशिक संस्थागत संरचना समेत विस्तार गर्दै देशैभर छरिएर रहेका सम्पूर्ण औषधिका थोक व्यवसायीलाइ गोलवद्ध बनाउँदै थोक औषधि व्यवसायीको इतिहासमा नयाँ आयाम सिर्जना गर्न सफल संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाले यसअघिनै राष्ट्रिय महाधिवेशनको तयारी भएपनि तत्कालीन समयमा सिर्जित कोभिड संक्रमणको जोखिमका कारण पटक पटक स्थगन हुँदै आएको जनाउ सहित यसपटकको राष्ट्रिय महाधिवेशनले व्यवसायी जगतमा नयाँ इतिहास रच्ने दावी गर्नुभयो ।

साथै उहाँले राष्ट्रिय महाधिवेशनमा देशैभरका प्रादेशिक अध्यक्ष , जिल्ला अध्यक्ष सहित दुई सय भन्दा बढि प्रतिनिधिको सहभागीता रहने बताउनुभयो ।