बिहिबार, चैत्र १५, २०८०

प्रतिनिधिसभा बैठक: नागरिकता विधेयकमाथिको सांसदहरुले आ-आफ्नो धारणा राख्ने क्रम जारी

काठमाडौ भाद्र २ ,

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता गर्नुभएको नेपाल नागरिकता [पहिलो संशोधन] विधेयक- माथि सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले आफ्ना धारणा राख्नेक्रम जारी रहेको छ।

नागरिकता [पहिलो संशोधन] विधेयकमाथिको छलफलमा भाग लिदै सांसद अनिलकुमार झा, तेजुलाल चौधरी , मीनबहादुर विश्वकर्मा , कृष्णभक्त पोखरेल, डीला सङ्ग्रौला, भरत कुमार साह, रामसहायप्रसाद यादव , शेरबहादुर तामाङ, शरदसिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायतले सकारात्मक अभिव्यवक्ति सहित विधयेकको पक्षमा अभिव्यक्ति केन्द्रीत रहेको थियो ।

त्यस्तै सांसद प्रदीप ज्ञवाली, डा भीमबहादुर रावल,महेश बस्नेत, गणेश पहाडी, राधाकुमारी ज्ञवाली , पदम गिरी, दुर्गा पौडेल, नवराज सिलवाल, राजेन्द्र गौतम लगायतले सन्देशसहित फिर्ता भएको विधेयकलाई जस्ताको तस्तै पारित गर्न भन्दापनि राष्ट्रिय सहमति सहति यसमा भएको कमिमजोरी हटाउँँदै पारित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

समग्रमा बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता [पहिलो संशोधन]विधेयक, २०७९ माथि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले आ-आफ्ना धारणा व्यक्त गर्ने क्रम जारी रहे्को बैठकस्थलमा रहेका हाम्रा सहकर्मीले जनाएको छ।