शुक्रबार, चैत्र १६, २०८०

सिन्धुपाल्चोक तरुणको कार्यबाहक अध्यक्षमा लामा

काठमाडौं भाद्र ३ ,

नेपाल तरुण दल सिन्धुपाल्चोकको कार्यबाहक अध्यक्षको जिम्मेवारी युवा व्यवसायी सञ्जय लामाले पाएका छन् । तरुण दल केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेका लामा तरुण राजनितिमा विगत लामो समय देखि अविराम क्रियाशील हुँदै आएका छन ।

संगठन निर्मार्णमा निकै अब्बल रहेको लामाको कुशल नेतृत्वका कारण आसन्न संघ र प्रदेश सभा निर्वाचन समेतलाइ दृष्टिगत गर्दै विगत लामो समयदेखि हाइड्रोपावर निर्माण लगायतका उद्यममा खारिएका युवा उद्यमी सञ्जयलाई तरुणका केन्द्रीय अध्यक्ष विद्वान गुरुङको उपस्थितीमा सिन्धुपाल्चोकका निवर्तमान अध्यक्ष दोर्जे लामाले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

लामाले कावा अध्यक्षको जिम्मेवारीपाए संगै जिल्ला अधिवेशन सम्पन्न गरी तरुण दललाई सशक्त संगठनको प्रारुपमा रुपान्तर गर्दै नयाँ उचाइमा उठाउने चुनौतीसंगै आसन्न् निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा जनमत बढाउँन प्रभावकारि मूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

नेपाल विद्यार्थी संघ काठमाडौं क्षेत्र नं ३ को क्षेत्रीय सदस्य बाट राजनैतिक यात्रा प्रारमभ गरेका लामा सिन्धुपाल्चोक काँग्रेसका उपसभापतिसमेत रहेका नेता दोर्जे लामा निकट मानिने युवा व्यवसायी सञ्जयले संगठन विस्तारका लागि निर्वाह गरेका भूमिका कारण युवावृतमा निकै लोकप्रिय रहेका छन ।

महाभूकम्प होस वा कोभिडको उच्च जोखिमसंगै अन्य जुनसुकै प्राकृतिक विपत्तिमा समेत फ्रन्टलाइमान रहेर काठमाडौमा अस्थायी बसोबास गरी विभिन्न पेशामा संलग्न सिन्धुपाल्चोकवासीलाई मात्र नभएर जिल्लामा समेत खाद्यान्न र लत्ताकपडा सहयोग गनेै देखि लिएर आपतकालिन उद्धारमा समेत निकै सक्रिय रहदै आएका छन।

कावा अध्यक्षको जिम्मेवारीलाइ चुनौती अवसर दुवै प्रारुपमा स्वीकार गरि संगठन निर्माणमा प्रतिवद्धता पूर्वक क्रियाशील हुने आफ्नो पहिलो प्राथमिकता रहेको बताउने लामाले आफ्ना अग्रजहरुले गरेको विस्वासलाइ किमार्थ जिवन्त बनाउँने बताए ।