मङ्लबार, चैत्र ६, २०८०

भाद्र ५ देखि ५० जिल्लाका बालबालिकाका लागि कोभिड विरुद्धको खोप दिइने

काठमाडौ साउन ३० ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी भाद्र ५ गतेबाट थप ५० जिल्लामा दोस्रो चरण अन्र्तगत ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि काभिड विरुद्धको खोप लगाउने भएको छ। भाद्र ५ देखि ११ गतेसम्म अभियानका रुपमा वालवालिका लक्षित खोप अभियानमा वालवालिकालाइ कोभिड विरुद्धको ‘फाइजर बायोएनटेक’ खोपको पहिलो मात्रा दिइने मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले प्रस्तुत अभिायानमा ५० जिल्ला अन्र्तगत प्रदेश नं १ को भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर, मधेस प्रदेशको बारा, रौतहट र सर्लाही, बागमती प्रदेशको रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाञ्चोक रहेका छन ।

त्यस्तै गण्डकी प्रदेशको बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ, लुम्बिनी प्रदेशको कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठान, रोल्पा, पूर्वी रुकुम, कर्णाली प्रदेशको पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख र जाजरकोट रहेका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशको अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिका लक्षित हुने जानकारी दिन्ुभयो । यसअघि मन्त्तालयले २७ जिल्लाका बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2022
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031