मङ्लबार, चैत्र ६, २०८०

सिट बाँडफाँटका लागि २०७४ को निर्वाचन परिणामलाई आधार बनाउने नितिगत सहमति

 काठमाडौं साउन ३०,
आसन्न निर्वाचन लक्षित हुँदै सत्ता गठबन्धनको सिट बाँडफाँटको खाका तयार गर्न गठित कार्यदलको आज साँझ प्रमको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँटमा २०७४ को निर्वाचन परिणामलाई पनि आधार बनाउने नितिगत सहमति गरेको छ।

बैठकपछि बैठकका निर्णय जानकारी पत्रकालाय जानकारी दिनेक्रममा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सिट बाँडफाँटका लागि मापदण्डका विषयमा छलफल भएको जानकारी दिदै आसन्न निर्वाचनमा गठबन्धनमा सिट बाँडफाँटका लागि गत २०७४ सालको निर्वाचनमा प्राप्त मत र २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार बनाइने नितिगत सहमति भएको बताउनुभएको हो ।

साथै सरकार प्रवक्ता सेमेत रहेका मन्त्री कार्कीले कार्यदलको बैठकबाटनै सिट बाँडफाँट सम्बन्धि छिनोफानो गर्दै सोहि मुताविक शिर्ष नेतृत्वलाइ प्रतिवेदन बुझाउँने कार्यदलको प्रयास रहेको बताउँदै बुधबार दिउँसो ४ बजे बैठकले यस सम्बन्धमा थप निर्णय गर्ने बताउँनुभयो ।