बुधबार, बैशाख १२, २०८१

संघीय सरकारविरुद्व मधेस सरकार आन्दोलनमा

आइतवार देखि प्रदेश प्रमुखको कार्यालय दुई घण्टे धर्ना

काठमाडौं साउन २८,
संघीय सरकारविरुद्व मधेस सरकारले आन्दोलनको घोषणा गरेको छ । यसअघि प्रहरी समायोजन र हस्तान्तरण नभए शान्तिपूर्ण अहिंसात्मक विरोधका कार्यक्रमहरु सञ्चालन गर्ने संघीय सरकालाइ चेतावनी दिएको मधेस सरकारले आज पत्रकार सम्मेलनको आयोजना गर्दै आइतबारदेखि आन्दोलनको घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा मधेस सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले आफ्ना माग सम्बोधनका लागि दिएको साता व्यापी समयसिमा मा समेत संघीय सरकाले आफ्ना माग सम्बोधनमा कुनै गुन्जायस नदेखाएसंगै मधेस सरकारले आन्दोलनको घोषणा गर्नु परेको जनाउ दिएको छ।

त्यस्तै पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आन्दोलनको क्रममा आइतवार देखि एकसातासम्म मधेस सरकारका मुख्यमन्त्रीसहित सबै मन्त्री र सांसदहरुले संघीय सरकारका प्रदेशस्थित प्रतिनिधि, प्रदेश प्रमुखको कार्यालय अगाडि दुई घण्टे धर्ना दिने जानकारी दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

त्यस्तै नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसूची ६ को क्रम संख्या १ मा प्रहरी शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारको सूचीभित्र रहेको स्मरण गराउँदै समायोजित प्रहरीलाई आसन्न निर्वाचन अगावै मधेस सरकारलाइ हस्तान्तरण गर्न माग गरेको छ ।