शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा ह्वात्तै बढ्यो कोभिडका संक्रिय संक्रमितको सख्या

काठमाडौ साउन २७,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ७ सय ८१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाउँदै यसवीचमा सङ्क्रमणका कारण २ जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयले वितेको २४ घण्टामा २ हजार दुई सय ९० जनाकोे पिसीआर र २ हजार चार सय २२ जनाको एन्टिजेन परीक्षण गर्ने क्रममा उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको जनाएको हो ।

त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार सात सय ७५ रहेको र यसमध्ये आइसीयू ६३ र भेन्टिलेटरमा ८ जना सङ्क्रमितको उपचार भइरहेको जानकारी दिदै यसवीचमा ५ सय ११ जना संक्रमित संक्रमण मुक्त भएको जानकारीदिएको छ । साथै मन्त्रालयले उपत्यकाको काठमाडौँमा २ हजार आठ सय ६४, र ललितपुर जिल्लामा ८ सय ९३ र भक्तपुरमा ८८ सक्रिय सङ्क्रमित रहेको जानकारी दिएको छ।