शुक्रबार, बैशाख ७, २०८१

निष्ठा र धर्मको बाटो अवलम्बन गर्दै सङ्कल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्ने सबैलाई प्रेरणा मिलोस्: प्रम देउवा

काठमाडौ साउन २७,
श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने हिन्दू धर्मावलम्बीहरुको महान पर्व जनैपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना गर्नुभएको छ ।

प्रम देउवाले जारी गर्नुभएको आफ्नो शुभकामना सन्देशमार्फत धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धनले नेपालीहरुबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पु¥याउने उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री देउवाले रक्षाबन्धन पर्वले सत्य, निष्ठा र धर्मको बाटो अवलम्बन गर्दै दृढ सङ्कल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

त्यस्तै रक्षाबन्धन विशेषगरी हिन्दू ब्राम्हण तथा क्षत्रिय पुरुषहरुले परम्पराअनुसार यज्ञोपवित अर्थात् जनै लगाएर मनाउने पर्व भए पनि नेपालमा धेरै धार्मिक समुदायले यसलाई श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ । आदानप्रदान गर्ने प्रचलन पनि रहिआएको उहाँले उल्लेख गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2022
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031