शुक्रबार, बैशाख ७, २०८१

नर्भिक सार्वजनिक जग्गा प्रकरण :काठमाडौ महानगरको नाममा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं साउन २५ ,
नर्भिक अस्पतालको संरचना तत्काल नहटाउन आदेश सर्वोच्च अदालतले नर्भिक इन्टरनेशनल हस्पिटलले सार्वजनिक जग्गामा बनाएको संरचना २४ घण्टाभित्र हटाउन दिएको निर्देशन कार्यान्वयन नगर्न काठमाडौँ महानगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश दिएके छ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले जारी गरेको उक्त आदेशमा आगामी सोमबारसम्म हटाउने निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उक्त संरचना हटाउनु पर्नाको कारणसहित लिखित जवाफ पेस गर्नसमेत आदेश दिएको हो ।

स्मरण रहोस राजधानीके थापाथलस्थित नर्भिक अस्पतालले महानगर प्रमुख ओगटेको सार्वजनिक जग्गाको संरचना हटाउन सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह आफैँ पुगेर सूचना टाँस गरेपछि अस्पतालले महानगरको सूचना विरुद्ध सर्वोच्च अदालतमा मङ्गलबार रिट निवेदन दायर गरेको थियो । उक्त रिट निवेदनमा आज प्रारम्भिक सुनुवाइ गर्दै आगामी सोमबार सुनुवाइ नभएसम्मका लागि नर्भिक अस्पतालको संरचना हटाउने कुनै पनि काम नगर्न आदेश दिएको हो ।