बिहिबार, बैशाख १३, २०८१

काठमाडौं र ललितपुरमा कोभिडका सक्रिय सङ्क्रमित बढ्यो

थप ५ सय ५३ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौं साउन २२ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पछिल्लो २४ घण्टामा ५ सय ५३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएके छ । २ हजार ४० जनाको पिसीआर र १ हजार ७४९ जनाको एन्टिजेन विधिबाट कोभिड परीक्षण गर्ने क्रममा पिसीआर तर्फ ४५१ तथा एन्टिजेन तर्फ १०२ जना संक्रमितको पहिचान भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै यसवीचमा ४ ३३ जना विरामी सङ्क्रमणमुक्त भएको जानकारीसंगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार छ सय ५९ रहेको जनाएको छ । त्यस्तै संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ७१ पुगेको छ । त्यस्तै गरि पछिल्लो समय आइसीयू ४५ र भेन्टिलेटरमा तीन जना सङ्क्रमितको उपचार भइरहेको जानकारी मन्त्रालयले दिएको छ भने ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौ र ललितपुर रहेको जनाएको छ ।