मङ्लबार, बैशाख ११, २०८१

प्रतिनिधिसभाको बैठक : तत्कालीन प्रन्या चोलेन्द्र शम्शेरको महाअभियोगको प्रस्ताव सिफारिस समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौं साउन २२ ,

प्रतिनिधिसभाको आज बसेको बैठकमा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगको प्रस्तावमाथि छलफल सुरु भएको छ

संसदमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ सहति ९८ जना सांसदले गत फागुन १ गते प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गराउनुभएको उक्त उक्त प्रस्ताव उपर आज छलफल भएको हो । प्रस्ताव दर्ता भएसंगै निलम्वनमा पर्नु भएका प्रधानन्यायाधीश जबरा आजको मिति सम्म पनि निलम्वनमा नै रहेको छ।

आजको बैठकमा महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरु मीनेन्द्रप्रसाद रिजाल, रामबहादुर विष्ट, रङ्गमती शाही प्रेम सुवाल हितबहादुर गजुलरेल ,हरिबोल गजुरेल , अञ्जना विसङ्खे, अतहरकमाल मुसलमान, लक्ष्मी परियार, टेकबहादुर बस्नेत, लक्ष्मीकुमारी चौधरी, नरबहादुर धामी, नारायणप्रसाद खतिवडा, बहादुरसिंह लामा, तेजुलाल चौधरी, प्रमिला राई, अभिशेकप्रताप शाह, मीना सुब्बा, डा अमरेशकुमार सिंहलगायतले धारणा राख्नुभएको थियो ।

महाअभियोगको प्रस्ताव सिफारिस समितिमा पठाउने प्रस्ताव बहुमतले स्वीकृत त्यस्तै छलफल पछि बैठकले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई ‘महाअभियोग सिफारिस समिति’ मा पठाउने प्रस्ताव बहुमतले स्वीकृत छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2022
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031