शुक्रबार, चैत्र १६, २०८०

नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. भट्टराई र यादव चयन

काठमाडौं साउन २१,
नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा। बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन्। मौजुदा जसपा पार्टीबाट अलगिएका डा भट्टराईको नेतृत्वमा अस्तित्वमा आएको नेपाल समाजवादी पार्टीको शनिबार ललितपुरमा बसेको बैठकले केन्द्रीय समितिको अध्यक्षमा भट्टराई र यादवलाई चयन गरेको हो।

त्यस्तै बैठकले पार्टीको सहअध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर शाहलाई चयन गरेको छ भने महासचिवमा रमेश यादवलाई चयन गरेको छ।

त्यस्तै, सातवटा भौगोलिक, एक गैरभौगोलिक र प्रवास गरी ९ प्रदेशको नेतृत्वलाई केन्द्रीय कार्यकारिणी समितिमा थपेको छ। प्रदेश १ को इन्चार्जमा राजेन्द्र किराती, मधेशमा देवेन्द्र यादव, बागमतीमा अक्लबहादुर थिङ, गण्डकीमा मोती रिजाल, लुम्बिनीमा कमल खनाल, कर्णालीमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिममा डा. जनक शाह, गैरभौगोलिकमा ईश्वर रिजाल र प्रवासमा जीएस गुरुङलाइ जिम्मेवारी दिएको छ।