शुक्रबार, चैत्र १६, २०८०

थप छ सय ६० जनामा कोभिड सङ्क्रमण, ४ सय ४४ जना सङ्क्रमणमुक्त

काठमाडौं साउन २१,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वितेको पछिल्ले २४ घण्टामा छ सय ६० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले १ हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र २ हजार ७४० एन्टिजेन परीक्षण गर्दा ३३४ जना गरी उल्लेखित सख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

साथै मन्त्रालयले यसवीचमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार छ सय ४१ रहेको र यसमध्ये आइसीयूमा ४६ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको जनाएको छ।
त्यस्तै यसवीचमा ४ सय ४४ जना सङ्क्रमणमुक्त भएका छन् भने सङ्क्रमणबाट एक जनाको निधन भएको र यो संगै नेपालमा कोडि संक्रमणका कारण मृत्यु हुनेको सख्या ११ हजार ९ सय ७१ पुगेको जनाएको छ । त्यस्तै गरि पछिल्लो समय ५ सय भन्दा बढि सङ्क्रमित रहेको जिल्लामा क्रमस काठमाडौ र ललितपुर रहेको जनाएको छ।