शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ मन्त्रिपरिषद् बैठक मार्फत भएका १३ बुँदे निर्णय

काठमाडौं साउन २० ,
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको १३ बुँदे निर्णय शुक्रबार सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव गर्ने र निर्णयसंगै शहरी विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ताटोली गठन गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ ।

त्यस्तै उहाँले अर्थ मन्त्रालयको प्रस्तावमा बैठक मार्फत विसं २०७९ साउन १ गतेदेखि लागू हुने गरी निक्षेप सुरक्षाको सीमा ३ लाखबाट वृद्धि गरी पाँच लाख रुपियाँ पुर्याउने, उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयको प्रस्तावमा मध्य भोटेकोसी प्रसारण लाइन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने निर्णय जानकारी दिनुभयो ।

त्यस्ते बैठकले कृषि तथा पशुपंक्षी मन्त्रालयको प्रस्तावमा नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यहरु मनोनयन गर्ने र गृह मन्त्रालयको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आगामी भाद्र १६ गते सञ्चालन हुने तेस्रो यूएनकोप्समा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई भाग लिन स्वीकृति दिने निर्णय गरेको जानकारीदिनुभयो ।

त्यस्तैगरि बैठकले नेपाल प्रशासन सेवाको राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव दीपक काफ्लेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने र नेपाल लेखापरीक्षण सेवाको राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव विन्दु विष्टलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी महालेखा परीक्षकको कार्यालयको उपमहालेखा परीक्षकमा पदस्थापन गर्ने निर्णय गरेको समेत सरकार प्रवक्त समेत रहेका सञ्चार मन्त्री कार्कीले जानकारीदिनुभयो