काठमाडौं साउन २० ,
काठमाडौं उपत्यका अपराध अनुसन्धानकार्यालयले क्यानडा पठाइदिन्छु भन्दै नगद ७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका(६ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका(१ घर भएका ४७ वर्षीया छिरिङ डोमा शेर्पालाई शुक्रबार पक्राउ गरेको छ ।
छिरिङ डोमाले एक पुरूषलाई वर्किङ भिषामा क्यानडा जानको लागि १४ लाख रुपैयाँ लाग्छ भन्दै क्यानडा पुगेपश्चात् प्रतिष्ठित कम्पनीमा काममा लगाई दिने २ लाखभन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी नगद ७ लाख रुपैयाँ लिईसम्पर्क विहीन भई ठगी गर्ने कार्यमा संलग्न उनलाई गोकर्णेश्वर अत्तरखेलबाट पक्राउ गरेको जनाउँदै निज उपर थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको प्रहरीले जनाएको छ ।