बिहिबार, बैशाख १३, २०८१

ह्वात्तै बढ्यो आज कोभिड संक्रमितको सख्या, ९१२ जनामा सङ्क्रमण , एकको मृत्यु

काठमाडौं साउन २० ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ९१२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएकोछ । मन्त्रालयले छ हजार ४९१ जनाको पीसीआर परिक्षण गर्दा ५२९ र ३ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा ३८३ जना गरि उल्लेखित सख्यामा सङ्क्रमितको पुष्टि भएको जनाएको हो ।

यसवीचमा ३७० जना सङ्क्रमण मुक्त भएका छन् भने १ जना सङ्क्रमितको मृतयु भएको जानकारीदिदै मन्त्रालयले हाल मुलुकमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ७६० रहेको जनाएको छ ।

त्यस्तै आज पुष्टि भएका संक्रमित मध्ये काठमाडौंका ३२१, ललितपुरका ५४ तथा भक्तपुरका १५ जना रहेको जनाउँदै उपत्यकामा मात्र सक्रिय संक्रमितको सख्या काठमाडौंमा ३ हजार १६९, ललितपुरमा ७४५ तथा भक्तपुरमा ९४ रहेको जानकारीदिएको छ। साथै पछिल्लो समय सक्रिय संक्रमित मध्ये ४२ जनाको आईसीयूमा रदुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएकोछ ।