शुक्रबार, चैत्र १६, २०८०

संघ र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौं साउन २० ,
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको आज बसेको बैठकले १० दिन अर्थात साउन २२ गते देखि साउन ३१ गते सम्मको समय भित्र राजनैतिक दल सम्बन्धी नियमावली ७४ को अनुसूची १२ अनुसार आयोग मुख्यालयमा दल दर्ता आह्वान गरेको हो ।

निर्वाचन आयोगमा यसअघि दर्ता भएका दलले पनि चुनावको प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ । आयोग सम्वद्ध स्रोतका अनुसार आयोग अहिलेसम्म११६ वटा राजनीतिक दल दर्ता रहेका छन् ।

त्यस्तै आयोगल आज जारी विज्ञप्तिमा दल दर्ताको लागि प्रतिनिधि सभा सदस्यको र प्रदेश सभा सदस्यको अलगअलग निवेदन प्रश गर्न र र प्रदेश सभाको हकमा ७ वठा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेश गर्नु पर्ने जनाएको छ। साथै सार्वजनिक विदाको दिन पनि दल दर्ताको लागि आयोग खुला रहने जनाएको छ।