बिहिबार, चैत्र १५, २०८०

आसन्न निर्वाचनमा सिट बाँडफाँडका लागि सत्ता गठबन्धन दलको बैठक बस्दै

[फाइल फोटो]

काठमाडौं साउन २० ,
विहिवार बसेको मन्त्रीपरिषद बैठकले आगामी मंसिर ४ गतेका लागि एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने औपचारिक घोषणा गरेसंगै मुलक निर्वाचनमय भएको छ। यसैक्रममा निर्वाचन घोषणासंगै सत्ता गठबन्धन दलका शिर्ष नेतृत्व भने आसन्न निर्वाचनमा सिट बाँडफाँडका लागि आज छलफलमा बस्दैछन् ।

प्राप्त जानकारी अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गठबन्धनदलको आजको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँडबारे नितिगत निर्णय गर्दै चुनावी तालमेलको कसिलो वातावरण बनाउँन विशेष कार्यदल गठन गर्ने तयारी थाहा भएको छ।

यद्यपि यसवीचमा वाम गठबन्धनको चर्चा पनि नचलेको भने होइन तर सत्ता गठबन्धनका शिर्ष नेतृत्व भने प्रतिगमनकारी शक्तिलाइ तेजोवोध बनाउँन अहिलेकै सत्ता गठबन्धनलाइ अगाडी बढाउँनु पर्ने मानसिकतामा अडिग रहेको बुझिएकोछ ।

त्यस्ते सत्तागठबन्धनमा कुनै किसिमको फेरबदल आउँने संभावना नदेखेसंगै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने साना वाम पार्टीहरुलाइ एकिकृत गर्दैचुनावी तालमेलमा जाने तयारी जुटेको सम्वद्ध स्रोतले जनाएको छ।