बुधबार, बैशाख १२, २०८१

६० जनामा कोभिड पुष्टि, १ जना सङ्क्रमितको मृत्यु

काठमाडौं साउन १९ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभर पछिल्लो २४ घण्टामा ७६० जनामा कोभिड पुष्टि भएको जनाएको छ । २ हजार ५८९ जनाको पीसीआर गर्दा ४९४ र ३ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जना गरि उल्लेखित सख्यामा संक्रमितको पुष्टि भएको जनाएको हो ।

त्यस्तै मन्त्रालयले यसवीचमा १ जना सङ्क्रमितको मृत्यु भएको र योसंगै संक्रमणका कारण मृत्यु हुनेको सख्या ११ हजार नौ सय ६९ पुगेको जनाएके छ । साथै पछिल्लो समय थप ३२४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७१ हजार २५० पुगेको जानकारी समेत मन्त्रालयले दिएको छ।

त्यस्तै गरि हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छ सय दुई पुगेको र यसमध्ये सबैभन्दा बढी ३५१ जना काठमाडौं उपत्यकामा रहेको जनाउँदै मन्त्रालयले काठमाडौंमा २४६, भक्तपुरमा १७ र ललितपुरमा ८८ जना सक्रिय सङ्क्रमित रहेको जनाएकोछ ।