बुधबार, बैशाख १२, २०८१

सक्रिय कोभिड सङ्क्रमितको सङ्ख्या ५ हजार चार सय नाघ्यो

काठमाडौं साउन १८ ,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ९ सय १५ मा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ । त्यस्तै मन्त्रालयले यसवीचमा छ हजार दुईजनामा कोभिड परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

साथै मन्त्रालयले ३ सय एक जना संक्रमित उपचार पछि डिस्चार्ज भएको जनाउ दिनुको अलावा नेपालमा कोभिड सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ६८ पुगेको जनाएको छ ।
त्यस्तै हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार चार सय ३३ रहेको र यसमध्ये आइसियुमा ४३ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको जनाएको छ ।