बुधबार, बैशाख १२, २०८१

सत्ता गठबन्धनको बैठक संघ र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते गर्ने नितिगत सहमति

[फाइल फोटो]

काठमाडौं साउन १८ ,

सत्ता गठबन्धनमा आवद्ध शिर्ष नेतृत्वको आज बसेको बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते गर्ने नितिगत सहमति कायम गरेको छ।

बैठकमा सहभागी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनका शीर्ष नेताबीचको आजको छलफलले यस्तो सहमति कायम गरेको बैठक पछि सञ्चारकर्मीलाइ जानकारी दिनुभयो । त्यस्तै उहाँले सत्ता गठबन्धनदलको सहमति पछि निर्वाचनको मिति औपचारिक रुपमा सरकारले घोषणा मात्र गर्न बाँकीरहेको बताउनुभयो

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धनका शीर्ष नेतृत्वको सहभागीता रहेको जानकारी दिदै सत्ता गठबन्धनको अर्को बैठक शुक्रबार बिहान ९ बजे पुनः बस्ने काँग्रेस नेता पौडेलले जानकारी दिनयो ।