काठमाडौं साउन १७ ,
प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालनमा रहेको नेपालको पहिलो केबलकार मनकामना केबलकारको नियमित मर्मतसम्भार संगै स्तरोउन्नतिका लागि केबलकार सेवा आगामी साउन २३ गते देखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ।
त्यस्तै केबलकार सेवाको नियमित मर्मतसम्भार संगै स्तरोउन्नतिका लागि अष्ट्रियाबाट प्राविधिकहरुको टोलीले गर्ने जनाउँदै स्तरोन्नतिका लागि ५र६ साता लाग्ने प्रारम्भिक अनुमान गरिएको प्रालिले जनाएsf] छ। यद्यपी केबलकार सेवा बन्द रहेपनि बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने संचालन हुने प्रालिले जनाएको छ ।