बिहिबार, बैशाख १३, २०८१

दिनानुदिन बढ्दो कोभिड संक्रमितको ग्राफ,आजमात्रै ८१४ सङ्क्रमित थपिए

काठमाडौं साउन १७,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ हजार ४१५ नमूनाको परीक्षण गर्दा ८१४ सङ्क्रमितको पहिचान भएको जनाएको छ। मन्त्रालयले २ हजार ७६२ जनाको पिसिआर परीक्षण गर्दा ५०९ र २ हजार ६५३ जनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जना गरि उल्लेखित सख्यामा सङ्क्रमितको पहिचान भएके जनाएको हो ।

त्यस्तै मन्त्रालयले दिनानुदिन बढ्दो कोभिड संक्रमितसंगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको जानकारीदिएकोछ । त्यस्तै यसवीचमा २९९ सङ्क्रमित कोभिड मुक्त भएको जानकारी संगै आइसियुमा ३८ र भेन्टिलेटरमा ५ जनाको उपचार भइरहेको जनाएको छ ।