मङ्लबार, बैशाख ४, २०८१

६२० मा कोभिड सङ्क्रमितको पहिचान,एकको मृत्यु

काठमाडौं साउन १५ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाउनुको अलावा संक्रमणका कारण एक जनाको सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा २ हजार ६५१ जनाको पिसीआर र ३ हजार १९५ को एन्टिजेन परीक्षण गर्दा उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको जनाउँदै यसवीचमा २९७ संक्रमित सङ्क्रमणमुक्त भएको जनाएको छ।

त्यस्तै पछिल्लो समय सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५६७ रहेको जनाएको छ भने संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९६७ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सक्रिय सङ्क्रमितमध्ये ३३ जनाको आइसियूमा र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। साथै उपत्यकाका ३ जिल्लामध्ये काठमाडौमा २ हजार ६०५ र ललितपुर ५०५ र भक्तपुरमा ३७ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।