शनिबार, बैशाख ८, २०८१

देउवा सरकारको अर्थमन्त्रीमा पुनःशर्मा नियुक्त

काठमाडौं साउन १५

प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा उहाँले आजै शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी कार्यभार समेत तोक्नुभएको छ ।

स्मरण रहोस चालु आवको बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिको संलग्नतामा राजस्वका दर हेरफेर गरेको आरोपका कारण आफ्नो पदबाट गत असार २२ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिनुभएको थियो ।

तर प्रस्तुत प्रसंगमा छानविन गर्न गठित संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन संसदलाई बुझाएसंगै शर्मालाई आज पुनः मन्त्री पदमा नियुक्त गरिएको हो ।