बिहिबार, बैशाख १३, २०८१

संसदीय छानविन विशेष समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाइ बुझाउँदै

काठमाडौं साउन १३ ,
अर्थमन्त्री जनार्दन शर्माले वार्षिक बजेट तर्जुमा गर्दा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरेको भन्ने प्रकरणको  छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले आज आफ्नो छानविन प्रतिवेदन सभामुखलाई बुझाउँदै छ ।

प्रस्तुत  प्रकरणको सर्वत्र  विरोधभएसंगै गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नी सापकोटाले छानबिन गर्न ११ सदस्यीय छानबिन विषेश समिति गठन गर्नुभएको थियो । गठित समितिमा समितिमा सांसद खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव रहनुभएको थियो ।

त्यस्तै समितिले नेपाल प्रहरीको सहयोगमा घटना विश्लेषणका लागि प्राप्त बजेट तर्जुमा दिनको अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको अध्यन्नसंगै अर्थ मन्त्रालयका सचिव, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारी लगायतका विभिन्न पक्षसँग छलफल गरेर समितिले प्रतिवेदन तयार पारेको थाहा भएको छ । संसदीय छानविन समिति गठन भएपछि अर्थमनत्री शर्माले पदबाट राजिनामा दिनुभएको थियो ।