बिहिबार, बैशाख १३, २०८१

शनिबारसम्म देशभर भारी वर्षाको सम्भावना

 काठमाडौं साउन १२ ,
जल तथा मौसम विज्ञान विभागले बढ्दो मनसुनको सक्रियतासंगै शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएकोछ ।

त्यस्तै विभागले यसवीचमा प्रदेश न १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकाध स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको जनाउँदै आगामी २४ घण्टा देशका केही स्थानमा मेघ गर्जन/ चट्याङसहितको वर्षाको सम्भावना रहेका कारण भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ ।

त्यस्ते विहिवार रातको समयमा देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी समेत विभागले दिएको छ।