शनिबार, बैशाख ८, २०८१

काठमाडौंको तीनकुने स्थित कलसेन्टरमा प्रहरीको छापा, सञ्चालक चिनियाँ नागरिक सहित २० जना पक्राउ

काठमाडौं साउन १०,
महानगरीय प्रहरी परिसर काठमाडौं र गौशाला वृत्तले काठमाडौंको तीनकुनेमा चिनियाँ नागरिकले  सञ्चालन गर्दै आएको अवैध कल सेन्टरमा सोमबार प्रहरीले छापा मार्दै चिनियाँ र नेपालीसहित २० जनालाई पक्राउ गरेको छ।

कल सेन्टरको नाममा अनाधिकृत कामकारवाही भइरहेको भन्ने गोप्य सूचनाको छानविनको लागि प्रहरी गरेको कारवाहीको क्रममा कल सेन्टरबाट र कम्प्युटर, ल्यापटपलगायतका विद्युतीय उपकरणहरु समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले छापा मार्नेक्रममा कल सेन्टरका कर्मचारीले अवरोध गरेसंगै प्रहरीले बल प्रयोग गरेर कारवाही प्रक्रिायलाइ अगाडी बढाएको थियो । त्यस्तै पक्राउ परेका चिनियाँ र नेपाली उपर आवश्यक अनुसन्धान भइरहेको जनाएकोछ ।

यसअघि प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका २ स्थित ब्लु स्काई बिजनेस सोलुसन प्रालि नामक कल सेन्टरबाट ठगी गर्ने २ सय ५० भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।