बिहिबार, बैशाख १३, २०८१

सीसीटीभी फुटेजसम्बन्धी सिलबन्दी प्रतिवेदन संसदीय समितिमा

काठमाडौं साउन १०,
नेपाल प्रहरीको फरेन्सिक ल्याबले बजेट तर्जुमामा अनधिकृत व्यक्ति प्रवेशबारे छानबिन गरिरहेको संसदीय समितिलाई अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसम्बन्धी सिलबन्दी प्रतिवेदन बुझाएको छ।

फुटेज डिलिट प्रकरणको थप सुक्ष्म छानविनको लागि समितिले पटकपटक फुटेज माग गरेपछि मन्त्रालयले सीसीटीभी सम्बद्ध सबै सिष्टम नै समितिलाई उपलब्ध गराएको हो।

फुटेज डिलिट भइसकेको भन्दै समितिलाई मन्त्रालयले बुझाएको बुझाएको रेकर्डिङ सिष्टम डिभाइस रिकभरका लागि समितिले साउन ४ गते ल्याबमा पठाएको थियो।

अर्थ मन्त्रालयले बजेट तर्जुमाको दिनको आधिकृत चलखेल गरेको भन्दै त्यसको छानविनका लागि गठित संसदीय समितिले गत असार २८ गतेबाट कार्य प्रारम्भ गरेको हो । समितिको पहिलो १० दिनको समय सकिइसकेको छ। यसवीचमा थप भएको एक साताको समय पनि चार दिनमात्र बाँकी रहेको छ।

त्यस्तै समितिले छानबिनक्रममा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा, सचिवद्वय मधुकुमार मरासिनी र कृष्णहरि पुष्कर अर्थ मन्त्रालय बजेट महाशाखा, प्रशासन महाशाखाका प्रमुखसँग पनि आवश्यक छलफल गरिसकेको छ। साथै प्राप्त सिलबन्दी प्रतिवेदन आज बिहान बस्ने समिति बैठकमा खोलिने समितिले जनाएको छ।

साथै प्राप्त सिलबन्दी प्रतिवेदन आज बिहान बस्ने समिति बैठकमा खोलिने जनाउँदै समितिले सिलबन्दी प्रतिवेदन तोडेर अध्ययन गर्ने जानकारी दिएको छ।