बिहिबार, बैशाख १३, २०८१

मिडियाको समग्र क्षेत्रको कार्यस्थललाई सुरक्षित गर्न निर्देशिका मस्यौदा हस्तान्तरण

काठमाडौं साउन ४,
सञ्चार क्षेत्रका लागि कार्यस्थलमा हुने लैङ्गिक हिंसाका घटनाको अन्त्य संगै सञ्चार प्रतिष्ठान र मिडियाको समग्र क्षेत्रको कार्यस्थललाई सुरक्षित गर्न संयन्त्रको आवश्यकता महसुस गरेर प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घ र यस क्षेत्रमा कार्यरत सङ्घसंस्था एवं विज्ञहरूबिच छलफलसहित तयार पारिएको निर्देशिका बुधबार नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल काउन्सिललाई बुझाइएको छ ।

मिडिया एडभोकेसी ग्रुप ९म्याग०, सहयोगी संस्था सोलिडारिटी सेन्टर नेपालको संयोजनमा विभिन्न प्रदेशमा भएको अन्तक्रियासहित तयार मस्यौदालाई बुधबार काउन्सिल र महासङ्घलाई बुझाइएको हो ।

मस्यौदा हस्तान्तरण गर्दै म्यागकी अध्यक्ष बस्नेतले कार्यस्थलमा हुने लैङ्गिक हिंसाबारे खुलेर बोल्न र आगामी दिनमा हिंसा रोक्न यो निर्देशिकाले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मस्यौदा काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत र महासङ्घ अध्यक्ष विपुल पोखरेललाई हस्तान्तरण गर्नुभएको हो । मस्यौदा हस्तान्तरण कार्यक्रममा काउन्सिल र महासंघका अध्यक्षद्दयले थप छलफल र गृहकार्य गरी कार्यान्वयन तहमा लैजाने प्रतिवद्धता अभिव्यक्त गर्नुभएको छ ।

यसअघि काउन्सिलका अध्यक्ष बस्नेत, महासङ्घका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासङ्घका पूर्वअध्यक्ष डा महेन्द्र विष्ट, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का, मिडिया एड्भोकेसी ग्रुपकी अध्यक्ष अनिता बिन्दु र निर्देशक बबिता बस्नेत रहेको निर्देशिका मस्यौदा समिति गठन भएको भयो ।

मस्यौदा प्रस्तावना, सात खण्ड र १७ बुँदा रहेको संलग्न मस्यौदामा परिभाषा, निर्देशिकाको उद्देश्य, निर्देशिकाको क्षेत्र, कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहार, हिंसा तथा दुर्व्यवहारबाट संरक्षण तथा रोकथाम, तालिमको व्यवस्था, गुनासो सुनुवाई, गुनासो सुनुवाई समिति, गुनासोकर्ताको संरक्षण, गुनासो सुनुवाई सम्बन्धी कार्यविधि, निरीक्षण, अनुगमन तथा कारवाहीलगायतको व्यवस्था रहेको छ ।