शनिबार, बैशाख ८, २०८१

कोभिड संक्रमणको रफ्तार बढ्यो, सतर्कता अपनाउन मन्त्रालयको आग्रह

 काठमाडौं साउन ४,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोभिड पुष्टि भएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले गत महिना करिब १ प्रतिशत रहेको संक्रमण दर अहिले १० प्रतिशतको हाराहारीमा पुगेसंगै संक्रमणको रफ्तार निकै बढेको जनाउ दिदै सम्पूर्ण स्वास्थ्य मापदण्डहरू पालना गरेर सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

त्यस्तै मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बुधवार कोभिड अपडेट प्रेस ब्रिफिङ मार्फत वितेको २४ घण्टामा २५६२ पीसीआर र १४१९ एन्टिजेन गरी कुल ३हजार ९८१ वटा नमुना परीक्षण गरिएकोमा पीसीआर तर्फ ३४० र एन्टिजेन परीक्षणतर्फ ५१ गरि उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको जानकारी दिनुभएको हो ।

साथै यसवीचमा ४६ जना कोभिड १९ बाट निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार २ सय ७६ पुगेको मन्त्रालयले जनाएको छ ।