मङ्लबार, बैशाख ११, २०८१

बढ्यो कोभिड संक्रमित: थप ३५७ जनामा सङ्क्रमण, उपत्यकामा सक्रिय सङक्रमित सख्या १५८०

काठमाडौ साउन ३
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएकोछ । मन्त्रालयले ३ हजार ३५७ जनाको नमूना परीक्षण गरिएको र यसमध्ये १ हजार ८५७ जनाको पिसिआर परीक्षणको क्रममा २६८ जना र १ एक हजार ५ सय जनाको एन्टिजीन परीक्षणको क्रममा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको  छ।

त्यस्तै यसवीचमा ६२ जना कोभिड मुक्त भएको र योसंगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ९ लाख ६८ हजार १२६ पुगेको मन्त्रालयले जनाएको छ ।

साथै देशभर सक्रिय कोभिड १९ संक्रमितको संख्या १ हजार ९ सय ८२ पुगेको जानकारीदिदै मन्त्रालयले देशभर १९ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको जनाएके छ । त्यस्ते सोमवार संक्रमणका कारण थप एक जना संक्रमितको मृत्यु भएसंगै संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५४ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्ते गरि उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौमा १ हजार १०९, ललितपुरमा १६० र भक्तपुरमा ४२ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930