बुधबार, बैशाख १२, २०८१

नेपाल शारिरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष श्रेष्ठलाई Distinguished Award

  • ५४औ एसियान शारिरिक सुगठनको फिट्नेस फीजिकमा राइले जिते तृतीय स्थान
  • नेपालले आगामी वर्ष ५५औ एसियान शारिरिक सुगठन प्रतियोगिता २०७९ आयोजना गर्ने

 काठमाडौं साउन १,

५४औ एसियान शारिरिक सुगठन प्रतियोगितामा  नेपाल शारिरिक सुगठन तथा फिट्नेस सघका अध्यक्ष राजेश बाबु श्रेष्ठलाई अन्तराष्ट्रिय क्षेत्रमा शारिरिक सुगठन खेलको बिकासमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा Distinguished Award बाट सम्मानित गरिएको छ।

त्यस्तै  विश्वका विभिन्न् २ दर्जन मुलुकको सहभागिता रहेको उक्त प्रतियोगितामा  नेपालको तर्फबाट   नेपाल शारिरिक सुगठन सङ्घका उपाध्यक्ष दिनेश राजभण्डारीको नेतृत्वमा  सहभागी   राजु राई , सुजिता मानन्धर र उमेश राई  मध्ये नेपाली टिमका शारीरिक सुगठन विधा अन्तर्गत फिट्नेस फीजिकका प्रतिस्पर्धी राजु राईले आफ्नो १७० Cm hight   भन्दा कम समूहमा तृतीय स्थान हासिल गर्न सफल भएका छन । त्यस्तै सुजिता मानन्धरको सोमवार २ गते तथा उमेश राईले साउन ४ गते प्रतिस्पर्धा गर्दैछन ।

प्रतियोगितामा नेपालका डब्लुवीपीएफ अन्तर्राष्ट्रिय निर्णायक विजय लाल कायस्थ, नानीकाजी डंगोल र लक्ष्मण भट्ट्ले निर्णायकको जिम्मेवारी निर्वाह गर्ने भएको छ।