बुधबार, बैशाख १९, २०८१

उपसभामुखको निर्वाचन असार ३१ मा, यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौ असार २९,
संघीय संसदअन्र्तगत प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन असार ३१ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सङ्घीय संसद् सचिवालयलाइ निर्देशन दिएसंगै लामो समयदेखि रिक्त रहेका उपसभामुख पदको निर्वाचनको मिति तोकिएको हो ।

यसैवीच संसद सचिवालयले आगामी ३१ गते हुने प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन कार्यतालिका प्रकाशन गरिएको छ ।प्रकाशित निर्वाचन कार्यतालिका अनुसार निर्वाचनका लागि असार ३० गते बिहीबार दिउँसो ११ देखि १ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गर्ने, १ः३० बजे दर्ता भएको सूचनाको सूची प्रकाशन गर्ने र ३१ गते शुक्रबार दिउँसो ३ बजे प्रतिनिधि सभाको बैठकमा निर्वाचनको कार्यक्रम हुने उल्लेख गरिएको छ। त्यसपछि प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णायर्थ प्रस्तुत हुने सचिवालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930