शनिबार, बैशाख ८, २०८१

आज आ-आफ्ना गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै गुरु पूर्णिमा मनाइँदै

गुरु व्रह्मा गुरु विष्णु गुरुदेवो महेश्वर । गुरु साक्षत् परम् व्रह्मा तस्मै श्री गुरुवे नमः।।

काठमाडों असार २९,
आज आषाढ शुक्ल पूर्णिमाका दिन आफूलाई शिक्षा प्रदान गर्ने आ आफ्ना गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै गुरु पूर्णिमा मनाइँदै छ त्यस्तै आज ऋषि वेद व्यासका जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाको प्रारुपमा मनाउँने गरिएको हो । आजका दिन विशेष गरि आफूलाई संस्कार युक्त नैतिक शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन समेत रहेको छ ।

संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः गुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो । यसै अवसरमा गुरु पूर्णिमा कै अवसरमा गुरुहरूको सम्मानका लागि आज विभिन्न सरकारी तथा निजी विद्यालय र क्याम्पसमा विद्यार्थीको संयोजनमा विभिन्न कार्यक्रम सहित गुरु पूजा मनाइरहेका छन ।