शनिबार, बैशाख ८, २०८१

माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउवीच विशेष भेटवार्ता

काठमाडौं असार २७,
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज विशेष भेटवार्ता गर्नुभएको छ । ४ दिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउले आज अपराह्न अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगी भेटवार्ता गर्नुभएको हो ।

त्यस्ते भेटवार्ताको क्रममा उहाँहरुवीच दुई देशका सरकार तथा पार्टी बीचका सम्बन्धका बारेमा कुराकानी भएको त्यसअवसरमा उपस्थित माओवादीका नेता नारायणकाजी श्रेष्ठले भेटवार्ता पछि जानकारी दिदै अध्यक्ष प्रचण्डले नेपालको विकासको चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै चीनमा चिकित्सा विषय अध्ययनरत नेपाली विद्यार्थीले भोग्नु परेका समस्या, दुई देशबीचको व्यापार घाटा न्यूनीकरण र अरनिको राजमार्गको स्तरोन्नति लगायतका विषय उठान गर्नु भएको बताउनुभयो

त्यसलगत्तै नेता लिउले नेपालको विकासका लागि चीन सदैव सकारात्मक रहेको बताउँदै प्रस्तावित सबै विषयमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेता श्रेष्ठले जानकारी दिनुभयो । भेटवार्ताको क्रममा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ र नेत्री पम्फा भुसाललगायतको सहभागीता रहेको थियो ।