शुक्रबार, चैत्र १६, २०८०

प्रमुख प्रशासकीय अधिकृत अधिकारीसहित ३ इन्जिनियरविरुद्ध १० लाखको भ्रष्टाचार मु्द्दा

 काठमाडौ असार २४,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीसहित ३ इन्जिनियरविरुद्ध १० लाखको भ्रष्टाचार मु्द्दा दायर भएको छ।

आयोगले जारी गरेको विज्ञप्तिमा महानगरपालिका १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क ९सिँढी० निर्माण गर्दा वास्तविक कामभन्दा बढी भुक्तानी गर्दै गैरकानूनी लाभ लिएको अनुसन्धानको क्रमममा पुष्टि भएसंगै आयोगले उनिहरु उपर १० लाख ५५ हजार ९१९ रुपैयाँ बिगो दाबी सहित भ्रष्टाचार मु्द्दा दायर गरेको हो।

त्यस्तै आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, सहरी विकास महाशाखाका प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सव–इन्जिनियर मो।इफतेखार आलमले गरेको भन्दा बढी काम नापी किताबमा चढाएर मापदण्ड विपरित मेसिनले गरेको काम ज्यामीले गरेको भन्दै नक्कली विल भौचर संगै प्रतिवेदन तयार गरेको अनुसन्धानको क्रममा पाइएको जनाएको छ।

त्यस्तै पोखरीमा पार्क निर्माण प्रकरणमा विराटनगर महानगरपालिकाका तत्कालीन नगर उपप्रमुख इन्दीरा कार्की र विराटनगर महानगरपालिका वडा नं। १५ का तत्कालीन वडा अध्यक्ष असलम आलम र उपभोक्ता समितिका अध्यक्ष बलदेव शाहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरे विरुद्ध पनि मुद्धा दायर गरिएको छ।