शुक्रबार, बैशाख १४, २०८१

मन्त्रिपरिषद्को बैठक निर्णय अनुसार सरकारले आज नागरिकता विधेयक फिर्ता लिदै

काठमाडौ असार २४,
प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेअनुरुप गृहमन्त्री बालकृष्ण खाँँणले ‘नेपाल नागरिकता [पहिलो संशोधन] विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै आजको अर्को थप संभावित कार्यसूचीमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले “नेपाल प्रहरी र प्रदेश प्रहरी [कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय] [पहिलो संशोधन] विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९” पेश गर्ने कार्यसुची रहेको छ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री देवेन्द्र पौडेलले “योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने अर्को संभावित कार्यसुची समेत रहेको संघीय संसदका महासिचिव डा भरतराज गौतमले जारी गर्नुभएको कार्यसुचीमा उल्लेख गरिएको छ।