शुक्रबार, चैत्र १६, २०८०

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार ,अवस्था चिन्ताजनक

काठमाडौ असार २४/ समाचार एजन्सी

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हानिएको छ । जापानको सार्वजनिक प्रसारक एनएचकेको रिपोर्टअनुसार नारा सहरमा एक कार्यक्रममा भाषण गरिरहेका बेला उनलाई गोली हानिएको समाचारमाध्यमहरुले जनाएको छ ।

घटनास्थलमा एनएचके रिपोर्टरले गोली चलेको सुनेको र शिन्जो आबे रगतले लतपतिएको देखेको जनाएको छ । आबेलाई अस्पताल भर्ना गरिएको छ। उनको अवस्था चिन्ताजनक रहेको समाचारमाध्यमले उल्लेख गरेका छन ।

त्यस्तै पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिदै आवश्यक अनुसन्धान शुरु गरिसकेको प्रहरी अधिकारीहरुलाइ उदृत गर्दै समाचारमाध्यमले किन के कारणले गोली प्रहार गरिएको सोको अनुसन्धान भइरहेको जनाएको छ ।