शनिबार, बैशाख ८, २०८१

देशभर आङ्शिकदेखि सामान्य बदलीसंगै मेघगर्जन सहितको वर्षाको संभावना

काठमाडौ असार २४,
जल तथा मौसम विज्ञान विभागले आज देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन सहितको वर्षाको संभावना रहेको जनाएको छ।
पछिल्लो समय मनसुनी वायुको बढ्दो प्रभावसंगै आज प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकाधस्थानमा स्थानमा मेघगर्जन÷ चट्याङसहितको मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

त्यस्तै प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा सामान्य बदलीका साथै सोही प्रदेशका कृहि स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी दिदै यी प्रदेशमा आज राति पनि मौसमको यहि क्रम जारी रहेने जनाएको छ।

साथै शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही र बाँकी प्रदेशमा सामान्य बदलीसंगै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना औल्याएको छ ।