बिहिबार, चैत्र १५, २०८०

मन्त्रिपरिषद् बैठकको २३ बुँदे निर्णय:  विश्व बैंकबाट प्राप्त ५ करोड ९६ लाख सहुलियतपूर्ण ऋण सहयोग स्वीकार

काठमाडौं असार २२
मंगलबारको मन्त्रिपरिषद् बैठकमार्फत विभिन्न मन्त्रालयको प्रस्तावमा भएको २३ बुँदे निर्णय बुधबार सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ५ करोड ९६ लाख एसडिआर सहुलियतपूर्ण ऋण सहायता र नेपाल प्रहरीमा क्षमता विकाससहितको साइबर ब्यूरो स्थापनाका लागि गणतन्त्र कोरिया सरकारबाट प्राप्त हुने ८० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभएकोछ ।

त्यस्तै उहाँले सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्बाट फिर्ता लिन स्वीकृति दिने निर्णयसंगै सशस्त्र प्रहरी ९दोस्रो संशोधन० नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यस्ैगरि संयुक्त राष्ट्रसङ्घको आयोजनामा असार २१ देखि २३ तथा २७ देखि ३१ गतेसम्म आयोजना हुने इसिओएसओसी हाई लेभल फोरम, २९ देखि ३१ सम्म आयोजना हुने मिनिस्टेरियल सेगमेन्ट र साउन २ मा हुने हाई लेभल सेगमेन्टमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको प्रतिनिधिमण्डललाई र असार २४ देखि २६ गतेसम्म भारतको राजधानी नयाँदिल्लीमा हुने रिडिफाइनिङ दि फ्युचर विषयक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेललाई स्वीकृति दिएको जानकारीदिनुभयो ।

त्यसैगरी सरकारले मन्त्रिपरिषद्ले हरित तथा नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि युरोपेली युनियनबाट प्राप्त हुने ४५ लाख युरो बराबरको आर्थिक/प्राविधिक सहयोग स्वीकार गर्ने र हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका लागि खाना पकाउने आधुनिक, दक्ष तथा जलवायुमैत्री स्वच्छ ऊर्जाको प्रवद्र्धनका लागि प्राप्त हुने दुई करोड ११ लाख २० हजार अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकार प्रवक्ता कार्कीले  जानकारीदिनुभयो । यस्तो छ मप बैठकका बाँकी थप निर्णय