शनिबार, बैशाख ८, २०८१

असार २६ गते सार्वजनिक बिदा

काठमाडौं असार २२ ,

सरकारले असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद [इद उल अजहा] का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको   छ । गृह मन्त्रालयले आज नेपालमा बकर इद पर्व असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकाले सो दिन मुलुकभर सार्वजनिक बिदा कायम गर्ने निर्णय गरिएको जारी सूचनामा उल्लेख गरेको छ ।