शुक्रबार, बैशाख ७, २०८१

अर्थमन्त्री शर्मामाथि छानबिन गर्नका लागि संसदीय विशेष समिति गठनसंगै अर्थमन्त्रीको पदबाट राजीनामाको घोषणा

 संसद बैठकमा वोल्दै शर्माले भने राजनीतिक प्रतिशोध साध्ने काम भयो

काठमाडौं असार २२,
बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

गत जेठ १४ गते राति बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा बोलाएर अर्थमन्त्री जनार्दन शर्माले करको दरमा हेरेफेर गरेको आरोप खेप्दै आएका अर्थमन्त्री शर्माले यसवीचमा आफुमाथि लागेको आरोपको खण्डन गरेपनि प्रमुख प्रतिपक्षीदल  लगायत सदन देखि सडक सम्म अनेकन टिकाटिप्पणीभएसंगै उहाँले आफुमा माथि लागेको आरोपको छानविनका लागि गठन भएको ११ सदस्यीय संसदीय विशेष छानबिन समितिलाई छानबिन गर्न सजिलो होस् भनी पदबाट राजीनामा दिएको घोषणा गर्नुभएकोहो ।

त्यस्तै सभामा वोल्नेक्रममा उहाँले आफूप्रति प्रतिपक्षी दलले पूर्वाग्रह साँधेको समेत बताउँदै सैनिक नेतृत्वले जस्तै दोषी करार गरियो । यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठासंगै राजनीतिक प्रतिशोध भएको बताउनुभयो । साथै आफुलाइ सिसिटिभीको क्षमताका बारेमा थाहा नभएको र आफूले त्यसका बारेमा कुनै चासो नराखेको भन्दै समग्रमा आफुमाथि राजनीतिक प्रतिशोध साध्ने काम भएको बताउनुभयो ।

यसैवीच अर्थमन्त्री शर्मामाथि छानबिन गर्नका लागि संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा सांसदहरु खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल , प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव रहनुभएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930