मङ्लबार, चैत्र ६, २०८०

युनियनको नवौँ महाधिवेशन:अध्यक्षमा दवाडीको चर्चाले पत्रकार वृतमा माइलेज पाउँदै

काठमाडौं असार २१,
आगामी साउन ६ र ७ गते मकवानपुरको हेटौडामा हुने नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनको काउन डाउन शुरु हुँदै गर्दा लोकतान्त्रिक पत्रकार वृतमा युनियनको आगामी नेतृत्वको विषयमा निकै गर्मागर्मी बहस शुरु भएको छ।

पछिल्लो समय युनियनको नेतृत्वको लागि दिपक आचार्य, शिव लम्साल , अनिता विन्दु, रामप्रसाद दाहाल , सरोज अधिकारी लगायतको उम्मेदवारीको चर्चा चल्दै गर्दा तत्कालीन युनियनको वरिष्ठ उपाध्यक्षको सफलतापूर्वक जिम्मेवारी वहन गर्दै युनियनको संस्थागत संचनामा नयाँ आयाम सिर्जना गर्न सफल व्यक्तित्व एवम्  लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजका अध्यक्ष समेत रहेका अग्रज पत्रकार दामोदर प्रसाद दवाडीको उम्मेदवारीको चर्चाले निकै माइलेज पाउँन थालेका छन ।

नेपाल प्रेस काउन्सिलको सदस्यको जिम्मेवारीमा रहदा स्वरोजगारीमुखि पत्रपत्रिकारको उत्थानका लागि लागि दवाडीले शुरु गरेको अभियानसंगै नेपाल पत्रकार महासंघमा लोकतान्त्रिक छवीका पत्रकारलाइ केन्द्रीय नेतृत्वमा पुर्याउँन् निर्वाह गरेको भूमिकालाइ केन्द्र विन्दु बनाउँदै उपत्यका देखि मोफसलका पत्रकार वृतमा उनको चर्चाले निकै राम्रो स्थान पाउँन थालेको युनियन महाधिवेशनलाइ नगिचबाट हेर्दै गरेका  पत्रकारहरुको भनाइ रहेको छ ।

पछिल्लो समय यो वा त्यो नाममा लामो समय हुन नसकेको युुनियनको आसन्न् महाधिवेशनमा दवाडीको उम्मेदवारीको चर्चासंगै समाजीक सञ्जाल मार्फत आफुलाइ अध्यक्षका आकंक्षी बताउँदै उम्मेदवारीको घोषणा गरेका उम्मेदवारलाइ समेत सकस सिर्जना भएको थाहा भएको छ।