मङ्लबार, चैत्र ६, २०८०

थप ९० जनामा कोभिड सङ्क्रमण, काठमाडौं उपत्यकामा मात्र ३६३ संक्रमित

काठमाडौं असार २१,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ९० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ । ३ हजार ११२ को नमूना परीक्षण अन्र्तगत १ हजार ९४४  को पिसिआर र १हजार १५८ को एन्टिजेन परीक्षण गर्ने क्रममा पिसिआर तर्फ ७३ र एन्टिजेनतर्फ १७ जना गरि उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको हो ।

त्यस्तै यसवीचमा २० जना सङ्क्रमणमुक्त भएको र योसंगै नेपालमा कोभिड मुक्त हुनेको सख्या ९ लाख ६७ हजार ५५५ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या निकै रफ्तारमा बढेको र पछिल्लो समय संक्रमितको सख्या ४०१ रहेको जनाउँदै मन्त्रालयले आइसियु दुई र भेन्टिलेटरमा १ जना सङ्क्रमित उपचार भइरहेको जानकारी दिएको छ । त्यस्तै उपत्यकाका ३ जिल्लामध्ये काठमाडौमा २१९ र ललितपुर ३४ र भक्तपुरमा १० सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।