शुक्रबार, बैशाख ७, २०८१

रामेछाप बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो

अपडेट

काठमाडौं असार २१,
आज बिहान रामेछापको हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुबाहक बस बिहान अन्दाजी १० बजेको समयमा जिल्लाको सुनापती गाउँपालिका–५ लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ।

बस दुर्घटनामा परि घाइते भएका २३ मध्ये उपचारका लागि धुलिखेल अस्पताल काभ्रे पठाइएका एक महिला र चार जना पुरुषको मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको हो ।

यसअघि दुर्घटना स्थलमै ९ जनाको मृत्यु भएको थियोभने दुर्घटनाका गम्भीर घाइते तीन जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं र २३ जनालाई धुलिखेल अस्पताल काभ्रे पठाइएको थियो। यसैवीच बस दुर्घटनामा परी घटनास्थलमै मृत्यु हुने नौसहित १२ जनाको सनाखत भएको स्थानीय प्रहरीले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930